तत्काल सरकारमा जानेबारे कुनै निर्णय भएको छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले तत्काल सरकारमा जानेबारे कुनै निर्णय नभएको बताउनुभएको छ । आज पद तथा गोपनीयताको शपथ ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद लामिछानेले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘तत्काल सरकारमा जाने कुनै निर्णय भएको छैन। यसबारे पार्टी र संसदीय दलको बैठक बसेर गम्भीर समीक्षा गर्छौं।’

उहाँले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताउनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई बधाइ दिन फोन गरेको बताउनुभयो। प्रधानमन्त्रीसँगको कुराकानीमा सरकारलाई दिएको समर्थनबारे छलफल भएपनि त्यसबारे गम्भीर छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो।

Back to top button