प्रतिनिधिसभा बैठक बस्दै, आज विषयगत समिति गठन हुने

काठमाडौं । संघीय सं‌सद्अन्तरगतको प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

आज विषयगत समिति गठनको कार्यसूची रहेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने संभावित कार्यसूची रहेको जानकारी दिनुभयो।

यस्तै, नेकपा एमालेले विषयगत समितिमा रहने सदस्यहरूको नाम सभामुखसमक्ष बुझाइसकेको छ।

Back to top button