गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण, २ मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । पाण्डेलाई हिजो प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले माओवादी र स्वतन्त्र सांसद गरी बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेलाई पनि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै सरकारी निवासमा शपथ खुवाउनुभएको हो ।

यस्तै, शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले २ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट शुशिला सिमखडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री बन्नुभएको हो । उहाँहरूले पनि शपथ ग्रहण गरिसक्नुभएको छ ।

Back to top button