विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्न रास्वपा सांसद श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न जरुरी रहेको बताउनुभएको छ ।

आज संसद बैठकमा बोल्दै उहाँले वैदेशिक हस्तक्षेप रोक्न परराष्ट्र नीति व्यक्ति र पार्टीभन्दा माथि हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो,‘सरकारमा बस्ने र शीर्ष नेताले परराष्ट्र नीति संस्थागत गर्न पहल गर्न आवश्यक छ। परराष्ट्र नीति व्यक्ति र पार्टीभन्दा माथि हुनुपर्छ।’

नेपालको परराष्ट्र मामीलामा एकरुपता ल्याउन विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने उहाँको भनाइ छ।

Back to top button