खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध आरोपपत्र दायर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध आरोपपत्र दायर भएको छ।

सेवाग्राहीसँग अनुज्ञापत्रका लागि १ लाख ५० हजार घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगको टोलीले उहाँलाई सेवाग्राहीबाट घुस–रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

ढुंगेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा बिगो १ लाख ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र विगो वमोजिम जरीवाना हुन मागदावी लिई आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Back to top button