कर्णालीका मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत माग्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत माग्दै हुनुहुन्छ ।

प्रदेशसभाको १४औँ बैठकमा आफ्नो भनाइ राख्दै उहाँले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत माग्नुभएको हो ।

प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत लिनु परेको हो । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिनुभएको थियो।

मुख्यन्त्री शर्माले कर्णालीको प्रतिपक्ष रोग, भोक, अभाव र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

‘म कुरा भन्दा काममा विश्वास राख्छु । तथ्य र तथ्यांकमा आधिरित भएर काम गर्छु’ शर्माले विश्वासको मत माग्दै भन्नुभयो,‘विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु ।’

दोस्रोपटक उहाँलाई एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्रले विश्वासको मत दिएका थिए ।

Back to top button