थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ३ सय ७५

काठमाडौं । थप १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ९ सय २५ नमुना परीक्षण गर्दा १ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय २७ र एन्टिजेनबाट १ हजार २ सय ९८ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५३ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ५३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button