अयोग्य लडाकुलाई पैसा होइन,रोजगारी दिनुपर्छ : सांसद लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अर्थतन्त्रले देश थला परिरहेको बेला अयोग्य लडाकुलाई रकम वितरण तथा राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ता दुरुपयोगको चरम दुरुपयोग भएको बताउनुभयो।

उहाँले अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्ने बताउनुभयो। लिङदेनले भन्नुभयो,‘निर्माण व्यवसायीलाई ८० अर्ब भुक्तानी गर्न बाँकी छ । राजस्वले चालु खर्च समेत धान्न सकेको छैन । यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा र अयोग्य लडाकुलाई रकम बाँड्नु सत्ताको दुरुपयोग हो । ’

Back to top button