ट्याक्टरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका–२३ मा गएराति ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया–२१ का २५ वर्षीय राजन कुमार राम रहेको प्रहरीले जनाएको छ । ना ५ त ८२५० नम्बरको रड लोड गरेको ट्याक्टरमा बा ८० प ४० २१ नम्बरको मोटरसाइकल ठोकिँएको थियो।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Back to top button