नेपाल वुद्धिजीवी परिषद विराटनगर महानगरमा ढकाल

विराटनगर । नेपाल वुद्धिजीवी परिषद विराटनगर महानगरपालिकाको अध्यक्षमा अमित ढकाल चयन हुनुभएको छ । हिजो सम्पन्न प्रथम अधिवेशनले सचिवमा भुवन नेपाललाई चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा टंक न्यौपाने, उप–सचिवद्वय रवि रोक्का र मुन थापा तथा कोषाध्यक्षमा एसप्रसाद सुब्बा चयन हुनुभएको छ । अधिवेशनले ३१ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित सचिव नेपालले बताउनुभयो ।

Back to top button