चट्याङ लागेर एकजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गएराति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियालाई चट्याङ लागेको हो। केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।

Back to top button