एसीसी प्रिमियर कप क्रिकेटः कुवेतविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोज्नुभएको थियो ।

नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की हुनुहुन्छ ।

यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् (यूएई) बीच भइरहेको छ। खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । यूएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।

Back to top button