वर्षाका कारण नेपाल र कुवेतबीचको खेल प्रभावित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ।

कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले १७ औं ओभरमा एक सय रन पूरा गरेको थियो । त्यसपछि २३ ओभर पूरा भएर २४ औं ओभरको दोस्रो बलपछि खेल रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर फिल्डिङ रोज्नुभएको थियो ।

नेपालका लागि ओपनिङमा आउनुभएका कुशल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाएर आउट हुनुभयो । त्यसपछि क्रिजमा उत्रनुभएका भीम सार्की १ रन बनाएर पभिलियन फर्किनुभयो ।

चौथो बलमा उहाँ मोहम्मद अस्लमको बलमा सान्दारुवानको हातबाट क्याचआउट हुनुभएको हो । आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोडेर आउट हुनुभयो ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल १६ तथा कुशल मल्ल ११ रन बनाएर खेलिरहनुभएको छ । नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १०५ रन बनाएको छ।

पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो।

समूह ‘ए’को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो।

कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारेपनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।

आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

वर्षाका कारण साँझ ५ बजेसम्म खेल हुन नसके समूह चरणमा विजेता बनेको नेपाल फाइलनमा पुग्नेछ। यद्यपि, त्यसअघि सुपर ओभर मात्र हुने अवस्था भएपनि खेल हुनेछ।

Back to top button