आज पाँचथरको फिदिममा ओली

फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पाँचथरको फिदिम आउनुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले जिल्ला र प्रदेशस्तरका कार्यकर्ताहरुलाई सम्बोधन गर्नुभएको छ ।

सो कार्यक्रममा अध्यक्ष ओलीले कसैको वहकावमा नलागी पार्टीको नीति र विधी अनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

चारदिन देखि कोशी प्रदेशका विभिन्न जिल्लामा रहनुभएका ओलीको साथमा पत्नी राधिका शाक्य र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ ।

Back to top button