वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको खेल पुनः सुचारु

काठमाडौं । वर्षाका कारण रोकिएको एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल खेल पुनः सुरु भएको छ । वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको खेल झण्डै २ घण्टापछि सुरु भएको हो ।

खेल ४२ ओभरमा छोट्याइएको छ । कुवेतविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले १७ औं ओभरमा १ सय रन पूरा गरेको थियो।

त्यसपछि २३ ओभर पूरा भएर २४ औं ओभरको दोस्रो बलपछि खेल रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको खेलमा कुवेतका कप्तान मोहम्मद अस्लमले टस जितेर फिल्डिङ रोज्नुभएको हो ।

आजै मुलपानी क्रिकेट मैदानमा अर्को सेमिफाइनल खेल ओमान र यूएईबिच भइरहेको छ ।

Back to top button