रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित हुनुभएका लामिछाने पहिलोपटक प्रधानमन्त्री भेट्न पुग्नुभएको हो । निर्वाचित भएपछि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर बधाइ दिनुभएको थियो ।

निर्वाचित भएर आएसँगै उहाँले सरकारमा सहभागी हुने–नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाउनुभएको छ ।

उहाँले सरकारमा जाने सम्भावना नरहेको बताउँदै आएपनि प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने मनस्थितिमा रहनुभएको छ ।

Back to top button