चट्याङ लागेर ओखलढुङ्गामा एकजनाको मृत्यु

ओखलढुंगा । हिजो अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते हुनुभभएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ।

घरभित्रै बसिरहेका बेला उहाँलाई चट्याङ लागेको थियो। बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

Back to top button