सिन्धुलीमा कार दुर्घटना: दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको सुरुङ्गा– ४ का ४३ वर्षीय कुमार पुरी र काठमाडौं गौरिघाटका ४३ वर्षीया सहारा प्रसाई रहेको प्रहरीले जनाएको छ ।

बिहान काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ८ च ५१३५ नम्बरको कार दुर्घटनामा परी घाइते हुनुभएका प्युठान नगरपालिका–८, प्युठानका योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार वीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा सो कार सडकबाट २० मिटर तल खस्न पुगेको थियो।

Back to top button