बिहारमा आफ्ना ३ सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

बिहारको गया जिल्लामा १ महिलाले आफ्ना ३ सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन्। जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले हिजो आफ्ना ३ जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले दुख दिएपछि मातलीले पहिले आफ्ना सन्तानलाई मारेर आत्महत्या गरेकी हुन्।

यस्तै, घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी छिमेकीहरुको भनाइ छ। मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ।

Back to top button