डाक्टरको घरमा वीर अस्पतालकी नर्स झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंमा एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । हिजो राति बोहराटारस्थित डा. सुजन ढकालको घरमा ३४ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ।

वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहनुभएकी श्रेष्ठ हिजो डा.ढकालको घरमा झण्डिएको अवस्थामा फेला पर्नुभएको हो । डा.ढकाल कान्तिबाल अस्पतालमा कार्यरत हुनुहुन्छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय मेट्रोका प्रवक्ता हिमालय श्रेष्ठले अनुमा झण्डिएको अवस्थामा भेटिएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो,‘डा.सुजन ढकालको घरमा अनुमा झुण्डिएको अवस्थामा भेटिनुभएको हो।

थप अनुसन्धान भइरहेको छ । सुजनको घरमा बुवा आमा मात्रै हुनुहुन्थ्यो । सुजन २ महिनादेखि काठमाडौं बाहिर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

मृत फेला परेपछि सुजनका परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ ।

सुजन पछिल्लो केही समययता घरमा आउने गरेका थिएनन्। अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ।

Back to top button