झापाका चिया उद्यमी श्यामानन्द सिंह राजवंशीको निधन

विर्तामोड । झापाका पुराना चिया उद्यमी श्यामानन्द सिंह राजवंशीको निधन भएको छ । साबिक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका– ७ स्थित रंगियाडाँडा निवासी राजवंशीको ८७ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि बिरामी परी घरमै थला पर्नुभएका उहाँको शनिबार बेलुका साढे ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको पार्थिव शरीरलाई आज दिउँसो २ बजे धार्मिक परम्परा अनुसार बुधकरण बगान नजिकैको देउनियाँ नदीमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । झापामा उहाँले २०१६ सालमा चिया खेतीको सुरुवात गर्नुभएको थियो।

राजवंशी बुधकरण एन्ड सन्स टी कम्पनी प्रालिको संस्थापक हो । उहाँको २ छोरा राजेन्द्रकुमार सिंह र भूपेन्द्रकुमार सिंह हुनुहुन्छ । राजेन्द्रकुमार बुधकरण टी प्याकेजीङ प्रालिको सञ्चालक हो ।

Back to top button