राष्ट्रपति पौडेल डिस्चार्ज, आज स्वदेश फर्किदै

काठमाडौं । भारतको दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज भएसँगै राष्ट्रपति पौडेल आज नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। उपचारमा संलग्न चिकित्सकहरूले केही हप्ता आराम गर्न सुझाव दिएका छन्।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई बैशाख ५ गते महराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि बैशाख ६ गते भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल (एम्स) भर्ना गरिएको थियो।

Back to top button