अरुण नदीमा खसेको सुख्खा पहिरोले बस्तिलाई जोखिम छैनः प्रहरी

विराटनगर । संखुवासभामा अरुण नदीमा सुख्खा पहिरो  खसेपनि बस्ती जोखिम नरहेको प्रहरीले जनाएको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको टनेलको निकास विन्दुमा पहिरो खसेको छ ।

पहिरोले पानीको वहावलाई प्रभाव पारेपनि पानीको निकास पूर्ण रुपमा बन्द नभएकाले बस्तीहरूमा जोखिम नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

टनेल साइटमा पहिरो खसेपनि दायाँ–बायाँबाट पानी निकास भइरहेको भन्दै उहाँले पानीका कारण बस्तीमा जोखिम नरहेको बताउनुभयो ।

यद्यपी जुनसुकै बेला थुनिएको पानी बाँध फुटेर आउन सक्ने भन्दै प्रहरीले नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा बिहान सुक्खा पहिरो खसेको हो ।

पहिरोले निर्माणधीन अरुण तेस्रो आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । पहिरोले ४२९ मिटर लामो डाइर्भसन टनेलको निकास विन्दुमा निर्माण भएको संरचनामा क्षति पुगेको छ ।

Back to top button