एसएसपीमा बढुवा नभएपछि आभूषण तिम्सिनाद्वारा राजीनामा

काठमाडौं । एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले आज वैशाख १७ गतेबाट राजीनामा दिएर नेपाल प्रहरीबाट अलगिने निर्णय गरेको बताउनुभएको छ ।

सरकारले गत शुक्रबार नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा तिम्सिना पर्नुभएको थिएन् ।

एसएसपीमा बढुवाका लागि सिफारिसमा नपरेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँले नेपाल प्रहरीमा रहँदा पटक–पटक आफूमाथि अन्याय भएको बताउनुभएको छ ।

Back to top button