नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डद्वारा बधाई, थप प्रोत्साहन गर्ने प्रतिवद्दता

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधी जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाइ दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यूएईविरुद्ध शानदार जित निकालेकोमा नेपाली टोलीलाई शुभकामना तथा बधाइ दिँदै दिनुभएको हो । एसिया कपमा छनोट हुनु ठूलो सफलता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले विजेता खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

नेपाल फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ।

Back to top button