सन्दिप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उहाँले नेपाललाई जिताउन योगदान दिनुभएको छ ।

प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिनुभएको छ । उहाँ सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहनुभयो । उहाँले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताउनुभएको थियो ।

सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उहाँले प्रतियोगितामा दुईवटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाउनुभएको थियो ।

यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाउनुभएको छ । उहाँले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिनुभएको थियो ।

Back to top button