प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवद्वारा सपथग्रहण

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गर्नुभएको छ ।

उहाँलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । यादव यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्रनम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसक्नुभएको छ । यादव काठमाडौं उपत्यका बाहिर रहेकाले त्यसदिन उहाँको शपथ ग्रहण हुन सकेको थिएन ।

Back to top button