बैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । सरकारले बैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैशाख २४ गते सं‌सद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुहुनेछ ।

Back to top button