प्रेसमाथि अंकुश लगाइनु हुन्न : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाइनु नहुने बताउनुभएको छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रेस जगतले निष्पक्ष,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सु–सूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सु–सूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्छ। कुनै पनि बाहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैन।’

उहाँले मुलुकको मर्म बमोजिम प्रेसको रक्षा गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

Back to top button