दार्चुला हिमपहिरो, ३ जनाको शव फेला

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका ५ जनामध्ये २ महिला र १ पुरुषको शव फेला पारेको छ ।

हिजोदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन भएका यार्सा सङ्कलकमध्ये ७ जनाको सशस्त्र प्रहरीले उद्दार गरेको थियो भने ५ जना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल ३ जनाको शव भेटिएको जानकारी दिनुभयो ।

उहाँले शव भेटिएपनि पहिचान भने नखुलेको जानकारी दिनुभयो। अझै २ जना बेपत्ता छ्न् । उनीहरूको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी किरन जोशिले बताउनुभयो।

अहिले पनि मुसलधारे पानी परेकोले उद्दार कार्यमा कठिन भएको उद्दारमा खटिएको टोलिले जानकारी दिएको छ।

यस्तै, शव जिल्ला सदरमुकाम ल्याउने तयारी भएपनि पानी परिरहेकाले समस्या भएको छ।

Back to top button