एमाले कोशी प्रदेशको संसदीय दलको उपनेतामा राना, सचेतकमा राई चयन

विराटनगर । नेकपा एमाले संसदीय दलको उपनेतामा राम राना चयन हुनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको उपनेतामा प्रदेश सभा सदस्य रानालाई चयन गर्नुभएको हो । राना इलामको प्रदेश सभा क्षेत्र नम्बर २ (२) बाट दोश्रो पटक निर्वाचित हुनुभएको हो ।

प्रदेश सभाको पहिलो कार्यकालमा राना तत्कालीन प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत हुनुभएको थियो । राना कोशी प्रदेश नामकरणको प्रस्तावमा प्रस्तावक हुनुहुन्थ्यो ।

यसैगरी दलको सचेतकमा प्रदेश सभा सदस्य सिर्जना राई चयन हुनुभएको छ । राई भोजपुरबाट समानुपातिक सभा सदस्य हुनुहुन्छ । उहाँ यसअघि उपसभामुख पदका लागि आकांक्षी हुनुहुन्थ्यो ।

Back to top button