राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो: माधवकुमार नेपाल

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रास्वपालाई सरकारमा सहभागिता गराउँदा राम्रो हुने बताउनुभएको हो ।

प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूलाई सोध्दा राम्रो हुने प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।

चुनावभन्दा पहिले नै रवि लामीछानेलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको जानकारी दिँदै उहाँले त्यसो हुँदा राम्रो हुने बताउनुभयो ।

यस्तै उहाँले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गर्नुभयो । उहाँले प्रदेश सरकारहरुले पनि चाँडै पूर्णता पाउने बताउनुभयो ।

Back to top button