कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज ४ बजे बस्ने भएको हो ।

बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भएपनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् । यहि विषयहरुमा छलफल गर्न आज बैठक बोलाइएको जनाइएको छ ।

Back to top button