प्रदेश नामकरणको विरोध गर्दै उभौली पर्व सडकमा मनाइयो

विराटनगर । कोशी प्रदेश नामकरणको विरोध गर्दै आन्दोलनरत पक्षले उभौली पर्व प्रदेश राजधानी विराटनगरको सडकमा मनाएका छन् । राई, लिम्बू र याक्खा जातिले नामकरणको विरोध स्वरुप विराटनगरको रोडशेष चोकमा उभौली मनाएका हुन् ।

कूल देवताको पूजा आराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने यो पर्व यसपटक भने नामकरणको विरोधमा यसतो गरिएको हो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले संयुक्त रूपमा सकमै उभौली पर्व मनाएका हुन ।

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र प्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने प्रचलन छ ।

यस पर्वमा सुनुवार र राईहरू साकेलारसखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ, डोकेनी नाच नाच्दै प्रकृतिलाई पूजा गर्ने चलन छ ।

फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै पहिचान पक्षधरले यस पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’ भन्ने नाराका साथ उभौली मनाएका हुन् ।

Back to top button