नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारवाही हुन्छः अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ ।

पार्टीको पदाधिकारी बैठकपछि सानेपामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यो जघन्य अपराधको विषय हो। दोषी कोही पनि उम्किन पाउँदैन ।’ उहाँले उक्त प्रकरणमा दोषी देखिए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि उम्किन नपाउने स्पष्ट पार्नुभयो ।

Back to top button