घरको जग खन्दा इलाममा चारजना भारतीय कामदारको मृत्यु

ईलाम । घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सूर्योदय नगरपालिका-१० वरबोटेमा चार जना भारतीय कामदारको मृत्यु भएको छ।

बरबोटे छिपिटार रिङ रोड नजिक विनोद श्रेष्ठको घर बनाउने क्रममा आज अपराह्न पौन ५ बजे ढिस्को खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा भारतको बिहार राज्यस्थित किसनगन्ज जिल्ला दिगलबैंक-५ का तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुल आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि फिक्कल अस्पताल लगिएको छ। घर बनाउनका लागि सात जना आएको मृतकका साथीले बताएका छन्।

 

Back to top button