सडक आश्रित मानवमुक्त नेपाल बनाउन लागिरहेका छौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गरिरहेको बताउनुभएको छ ।

आज बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नुभएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट आज–भोलि नै गराउने पनि बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याइ राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराउनुभयो । त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अवको २ वर्षभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको बताउनुभयो ।

Back to top button