प्रतिनिधिसभामा अब विद्युतीय हाजिरी

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आज बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यहि अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ । पहिले सांसद्हरुले हाजिरी रजिष्ट्रारमा गर्दै आएका थिए ।

सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिनुभएको थियो।

Back to top button