तीन दिनभित्र संसदीय सुनुवाइको नेतृत्व टुंग्याउन दलहरूलाई सभामुख घिमिरेको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाई समितिको नेतृत्व टुंग्याउन दलहरूलाई आग्रह गर्नुभएको छ ।

आज बिहान संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउन दलहरूलाई आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ । समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऔं ।’

Back to top button