उदयपुरमा एक शिक्षक झुण्डिएको अवस्थामा मृत फेला

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा एक शिक्षक झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।

उदयपुर प्रहरीका अनुसार महेन्द्र माध्यमिक विद्यालय रुपाटारका सामाजिक शिक्षक देवेन्द्र थापाले झुन्डिएर आत्महत्या गर्नुभएको हो ।

आज बिहान स्थानीयले उहाँको शव घर नजिकै झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button