सरकारले विश्वासको मत लिनुपर्छ : सांसद सुवाल

काठमाडौं । सांसद प्रेम सुवालले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पुनः विश्वासको मत लिनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो,‘सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था छ। तसर्थ प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ।’

सांसद सुवालले वाइडबडी काण्डदेखि सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभयो। यस्तै, सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गर्नुभयो।

Back to top button