संसदमा नल्याइ नागरिकता विधेयक स्वीकृतका लागि राष्ट्रपतिलाई दबाब दिन मिल्दैन : सांसद पन्त

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले नागरिकता विधेयक यथासिघ्र संसद्मा दर्ता हुनुपर्ने माग गर्नुभएको छ । आज संसद् बैठकमा बोल्दै सांसद पन्तले कानुन बनाउने अधिकार संसद्को भएकाले नागरिकता विधेयक संसद्बाट पारित हुनुपर्ने बताउनुभएको हो ।

सांसद पन्तले सरकारले चोरबाटोबाट नागरिकता विधेयक ल्याइए मान्य नहुने चेतावनी समेत दिनुभयो।

उहाँले भन्नुभयो,‘कानुन बनाउने अधिकार यो संसद्को हो। जुन नागरिकता विधेयक अघिल्लो राष्ट्रपतीले स्विकृत गर्नुभएन त्यहि अहिले स्वीकृत गर्ने षड्यन्त्र भइरहेको भन्ने सुन्नमा आएको छ। गठबन्धनको बैठक बसेर पास गराउन दबाब दिइदैंछ।’

नागरिकता विधेयक बलजबफ्ती ल्याउन राष्ट्रपतिबाट पास गराउन नमिल्ने उहाँको भनाई छ। सांसद पन्तले भन्नुभयो,‘नागरिकता विधेयक संसद्मा पुनः दर्ता गरियोस्। नागरिकता विधेयक देशको हितमा संसदबाट पास गर्न एमाले तयार छ।’

Back to top button