पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । आज देशभरबाट ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बितेको २४ घण्टाको अवधिमा गरिएको १९६४ जनाको नमूना परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १३३ जना पुगेको छ। हाल सक्रिय संक्रमितमध्ये २० जना संक्रमित संस्थागत आइसोलेशनमा ८ जना आइसियु र एकजना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

Back to top button