नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आठै जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले आज थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभएको छ । यस प्रकरणमा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ।

पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा हुनुहुन्छ ।

उहाँहरू सबैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले यस प्रकरणमा एमाले सांसद रायमाझीलगायत केही व्यक्तिहरूविरूद्ध पक्राउ अनुमति लिएको छ। आरोपितहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान भइरहेको छ।

Back to top button