भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि १८ मिनेटमै फर्कियो

भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ।

स्रोतका अनुसार आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको हो। उडिरहेको जहाजको पांग्रा भित्र नपसेपछि जहाज भैरहवा फर्काइएको जनाइएको छ।

अहिले जहाजमा रहेका यात्रुहरूलाई डिपार्चर कक्षामा राखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिनुभयो।

सबै यात्रुहरू सकुशल छन्। अतवरण गरिएको जहाज अन्तर्राष्ट्रिय टरमिनल तर्कको पार्किङमा राखिएको र रन वे क्लियर भएसँगै विमानस्थल सुचारू भइसकेको छ। जहाजमा ७५ जना यात्रु थिए।

यस्तै, भैरहवाबाट बिहान ९ः३९ बजे काठमाडौं उडेको जहाज ९ः५७ बजेमै भैरहवा अवतरण गरिएको हो।

Back to top button