सांसद अमरेश सिंह संसदमा अर्धनग्न, सभामुखद्वारा कारबाहीको चेतावनी

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज बिहान बसेको संसद बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन निर्देशन दिनुभएको हो ।

उहाँले सभ्य नभए नियमानुसार कारबाही गर्ने जानकारी गराउनुभयो। सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नुभयो। सिंहले उठेर आफूले लगाएको सर्ट र सेण्डो उतारेर अर्धनग्न बन्नुभएको थियो।

सभामुख घिमिरेले बैठकमा विशेष समय र आकस्मिक समयको प्रवर्द्धन नगरेको जानकारी गराएपछि सांसद अमरेशकुमार सिंह र प्रेम सुवालले समय माग गर्नुभएको थियो।

सभामुखले समय नदिएपछि त्‍यसको विरोधमा सांसद सिंहले सर्ट फुकाल्नुभएको हो ।

Back to top button