आज सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं । आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्‍य १ लाख १० हजार ९०० पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ३ सय ५० कायम भएको छ। अघिल्लो कारोबारको दिन हिजो प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Back to top button