ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी कंसाकारलाई बनाइयो सांसद

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । सांसद रहनुभएका ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेर उहाँको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।

आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उहाँको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्र अनुसार निर्णय भएको जानकारी दिनुभयो ।

विन्दाबासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको हो । निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिसक्नुभएको छ ।

हिजो उहाँले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र पाउनुभएको आयोगले जनाएको छ । त्यसका साथसाथै, आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।

Back to top button