नेप्से १६ दशमलव ९३ अंकले घट्यो, कारोबार रकममा सुधार

काठमाडौं । सेयर बजार लगातार घट्दै गएको छ । अर्थतन्त्र मन्दीमा गएको तथ्यांकहरु प्रकाशित भएसँगै सेयर बजार घट्दो क्रममा देखिएको हो ।

गत बिहीबार दोहोर अंकले बढेर बन्द भएको सेयर बजार परिसूचक नेप्से हिजो १९ अंकले गिरावट भएकोमा आज लगातार दोस्रो दिन पनि दोहोरो अंकको गिरावट भएको छ ।

आज सेयर बजार परिसूचक नेप्से १६ दशमलव ९३ अंकले गिरावट भएर १८३३ दशमलव ६९ अंकमा बन्द भएको छ । आज सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

यसदिन होटल तथा पर्यटन उपसूचक सर्वाधिक २ दशमलव ४४ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १ दशमलव ८९ प्रतिशत र जिवन बीमा उपसूचक १ दशमलव ३१ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक १ दशमलव २५ प्रतिशत र वित्त कम्पनी उपसूचक १ दशमलव १९ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । हिजो करिब ६१ करोडमा सीमित भएको कारोबार आज बढेर ८२ करोडमा पुगेको छ । आज नेप्सेमा २५ हजार ५ सय ८८ वटा कारोबारमा २८ लाख १० हजार ६ सय २७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ४२ लाखको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ८७ लाखको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको २ करोड २६ लाख र हिमालयन डिस्टलरीको २ करोड २० लाखको कारोबार भएको छ ।

आज नेप्सेमा कुल २ सय १९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १ सय ८१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै, २४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

यसदिन कारोबार भएकोमध्ये वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ८ दशमलव ०५ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६ दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, यता इस्टन हाइड्रोपावरको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको सेयरमूल्य ६ दशमलव ३७ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ५ दशमलव ९३ प्रतिशतले गिरावट भएको छ ।

Back to top button