परराष्ट्रका नासु भण्डारी बेगनास तालमा मृत फेला

कास्की । परराष्ट्र मन्त्रालयमा कार्यरत नासु अनुप भण्डारी पोखरा लेखनाथको बेगनास तालमा मृत फेला पर्नुभएको छ ।

अन्दाजी ३१ वर्षीय भण्डारीको शव आज बेगनासतालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।

उदयपुर घर हुने उहाँ हिजो घुम्न पोखरा आउनुभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विकले जानकारी दिनुभयो । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो ।

Back to top button